Aafno Khabar

प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध लगाएका आपत्तिजनक र अश्लील नारा (भिडियोमा हेर्नुहोस)

  • आफ्नो खबर
  • २०७७ पुष १४ गते २१:३४ प्रकाशित

काठमाडौं । दाहाल–नेपाल (नेकपा) ले काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीविरुद्ध आपत्तिजनक नारा गुञ्जिए । निर्धारित नारा भन्दा बाहिर अमर्यादित नारा लगाउँदा नेताहरु हाँसेर बसेका थिए ।

नेकपाको झण्डा बोकेर अमर्यादित नारा लगाउने समूहलाई नेताहरुले रोक्न चाहेनन् । अनौपचारिक फुट भइसकेको नेकपामा आज लागेका आन्दोलन र नेताहरुको भाषणले अब नेकपा एक हुने सम्भावना सकिएको संकेत गरेको छ ।

नेकपाको विभाजन अब एक अर्काको चरित्रहत्याको तहमा पुगेको स्पष्ट आँकलन गर्न सकिन्छ । दाहाल–नेपाल (नेकपा) को विरोध र्यालीमा पार्टीका दुबै अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पनि सहभागि थिए । कार्यक्रताको उत्तेजक नारामा अध्यक्षद्धय रमिते बनेका थिए । हेर्नुहोस नेकपा र्यालीको झलक यो भिडियोमा ।