Aafno Khabar

सासूमाथि बोक्सीको आरोप लगाएर हत्या गर्ने बुहारी पक्राउ

  • आफ्नो खबर
  • २०७७ पुष १२ गते २०:३२ प्रकाशित

सिरहा । सासूमाथि बोक्सीको आरोप लगाएर हत्या गर्ने बुहारी पक्राउ परेकी छिन् । सिराहा कर्जन्हा नगरपालिका-३ की ३५ वर्षीया मन्जुदेवी साह पक्राउ परेकी हुन् ।

प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । उनीमाथि आफ्नै ८५ वर्षीया सासूआमा सुदादेवी साहको हत्याको आरोप छ।

उनले कात्तिक ११ गते सासूआमा साहलाई बोक्सीको आरोप लगाई कुटपिट गरेका थिए । कुटपिट गर्दा घाइते भएकी साहको उपचारको क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ ।

घटनापछि उनी फरार थिइन् । उनीमाथि प्रहरीले थप अनुसन्धान तथा कारबाहीको लागि अदालतमा बुझाएको छ।

सम्बन्धित शीर्षकहरु