Aafno Khabar

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए खोप

  • आफ्नो खबर
  • December 22, 2020 प्रकाशित

Alex Edelman | AFP | Getty Images

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनले फाइजर–बायोएनटेकले बनाएको खोप लगाएका हुन् । खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बताए ।

बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि खोपको लगाएकी छन् । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका श्रीमान डग एमहोफले पनि आगामी हप्ता खोपको पहिलो डोज लिने तयारी गरेका छन् ।

बीबीसीका अनुसार अमेरिकामा अहिलेसम्म ५ लाखभन्दा धेरै अमेरिकीले खोप लगाइसकेका छन् । कोरोना भाइरसको महामारीका कारण सबभन्दा प्रभावित भएको अमेरिकामा सङ्क्रमितको संख्या एक करोड ८४ लाखभन्दा बढी छ । अहिलेसम्म तीन लाख २६ हजारको ज्यान गएको छ ।