बेलायतमा कोरोनाभाइरसको नयाँ प्रकार फेला परेको छ । केही भागमा यो तीव्र गतिमा फैलिरहेको छ ।
स्वास्थ्य सचिव म्याट ह्यानककका अनुसार कम्तिमा ६० स्थानीय अधिकारीहरुले नयाँ प्रकारको कोरोनाभाइरसबाट संक्रमित बिरामीहरु फेला परेको बीबीसीले उल्लेख गरेको छ । यसबारे विश्व स्वास्थ्य संगठनमा पनि जानकारी दिइसकेको र बेलायती वैज्ञानिकले पनि विस्तृत अध्ययन गरिरहेको समाचारमा जनाइएको छ ।
बेलायतका चिफ मेडिकल अफिसर प्रोफेसर क्रिस विटील अहिलेको कोरोनाभाइरसको स्वाब परीक्षणले कोरोनाभाइरसको नयाँ प्रकार पत्ता लगाउने बताएका छन् । विशेष गरेर केन्ट र त्यस आसपासका क्षेत्रमा फैलिरहेको पाइएको छ ।