सोमबारदेखि अमेरिकी जनताले फाइजर बायोएनटेक कोरोना भ्याक्सिन पाउने भएको बीबीसीले उल्लेख गरेको छ । यो भ्याक्सिन कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी बताइएको छ । फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताएको छ ।
एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण हो । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका ३० लाख जेष्ठ नागरिकमा खोप दिइने तयारी रहको समाचारमा जनाइएको छ ।