Aafno Khabar

एक साताभित्रै काठमाडौं – दिल्ली उडान सुरु हुने

  • आफ्नो खबर
  • December 11, 2020 प्रकाशित

काठमाडौं । कोरोनाका कारण रोकिएको भारतसँगको हवाई उडान ९ महिनापछि सुरु हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं – दिल्ली उडानका लागि स्वीकृति दिन भारत सहमत भएको छ ।

प्राधिकरणका अनुसार अबको एक साताभित्रै काठमाडौं – दिल्ली उडान सुरु हुनेछ । दुई मुलुकबीच भएको सहमति अनुसार अब एयर इन्डिया र नेपाल एयरलाइन्सले उडान तालिका पेस गरेपछि उडान सुरु हुनेछ ।

भारतले आफ्नो तर्फबाट सरकारी एयरलाइन्स एयर इन्डिया तोकेको छ भने नेपालको तर्फबाट नेपाल एयरलाइन्सले उडान गर्नेछ । हवाई यात्रा गर्नका लागि यात्रुले ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट पेस गर्नुपर्ने सहमतिमा उल्लेख छ । एयर इन्डिया र नेपाल एयरलाइन्सले दैनिक एक—एक उडान गर्नेछन् ।