Aafno Khabar

अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या

  • एजेन्सी
  • December 11, 2020 प्रकाशित

काठमाडौं । पूर्वी अफगानिस्तानमा एक पत्रकार महिलाको गोली हानी हत्या गरिएको छ । जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरेका थिए ।

यो हमलामा माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिरको पनि मृत्यु भएको छ । हालसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन । माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन् ।