Aafno Khabar

शिक्षकको जंगलमा लगेर हात बाँधेर हत्या भएको पुष्टि

  • आफ्नो खबर
  • December 8, 2020 प्रकाशित

काठमाडौं । विप्लब समूहले मोरङमा मंगलबार बिहान शिक्षकको अपहरणपछि घाँटी रेटेर हत्या भएको खुलेको छ । यसअघि उनको गोली हानी हत्या भएको प्रहरीले बताएको थियो । स्थानीयले प्रहरीलाई मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या गरेको प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसैका आधारमा गोली हानी हत्या गरेको खबर सार्वजनिक भएको थियो । प्रहरी टोली घटनास्थल पुगेपछि घाँटी रेटेर हत्या गरेको पाइएको प्रदेश प्रहरीले जनाएको छ । श्रेष्ठको “हात बाँधेर घाँटी रेटेको पाइएको छ । गोली हानेर होइन रेटेरै हत्या गरेको देखिएको छ । अनुसन्धान जारी छ । घटनामा संलग्नको खोजीमा जुटेका छौं ।” प्रदेश प्रहरी भन्छ ।

प्रहरी र आफन्तले हत्यामा प्रतिबन्धित विप्लव समूहको संलग्नताको आशंका छ । उच्च प्रहरी अधिकारीका अनुसार विप्लव समूहविरुद्ध सुरक्षाकर्मीलाई सूचना दिएको भन्दै श्रेष्ठको अपहरणपछि हत्या भएको पारिवारिक स्रोतको भनाइ छ ।