Aafno Khabar

कोरोनाभाइरस चीनबाट फैलिएको होइन : अमेरिकी अध्ययन

  • एजेन्सी
  • December 5, 2020 प्रकाशित

एक वर्ष पहिले चीनको वुहानबाट कोरोना भाइरस विश्वभर फलिएको खबर आयो । शुरुमा नोबल कोरोनाभाइरस भनिएको कोभिड–१९ वुहानको मासु पसलबाट फैलिएको अमेरिकाले दाबी गरिएको थियो। तर, अमेरिकाको एक अनुसन्धानले यो भाइरस चीनबाट नफैलिएको जनाएको छ ।

अनुसन्धानका अनुसार चीनमा बिरामी पत्ता लाग्नुभन्दा केही सयमअघि नै अन्य व्यक्ति संक्रमित भइसकेका थिए । अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेको अध्ययनको नतिजा एक पत्रिकामा प्रकाशित गरेको छ। उक्त नतिजामा कोरोनाभाइरसको संक्रमण चीनभन्दा पहिला अमेरिकामा नै भएको उल्लेख छ ।

चीनको हुबेई प्रान्तका स्वास्थ्य अधिकारीले ३१ डिसेम्बर २०१९ मा एक चेतावनी जारी गरेर अनौठो तरिकाको श्वासप्रश्वाससम्बन्धी बिरामी भेटिएका जनाएका थिए । ती बिरामीमा निमोनियाको गम्भीर प्रकारका लक्षण देखिएको पनि जनाइएको थियो ।

अमेरिकामा २१ जनवरी २०२० मा मात्र पहिलो कोरोना संक्रमित व्यक्ति भेटिएको थियो । तर, वैज्ञानिकहरुले ११ महीनापछि आएर अमेरिकाका तीन राज्यमा ३९ जना यस्ता व्यक्ति भएको उल्लेख गरेका छन्, जसको शरीरमा चीनमा संक्रमित भेटिनुभन्दा अघिबाटै कोरोनाभाइरसको एन्टिबडी थियो । उनीहरुको शरीरमा ३१ डिसेम्बरभन्दा २ हप्ताअघि नै एन्टिबडी भएको पत्ता लागेको जनाइएको छ ।

फ्रान्सका वैज्ञानिकहरुले २७ डिसेम्बर २०१९ मा पेरिसनजिक एक बिरामीको निमोनियाको उपचार गरेका थिए । वास्तवमा ती व्यक्ति कोरोना संक्रमित थिए । चीनमा भन्दा तीन दिनअघि ती बिरामी फेला परेका थिए । त्यस्तै, इटाली र स्पेनका अनुसन्धानकर्ताले शिविरको पानीको नमूनामा कोरोनाभाइरस भेटिएको जनाएका थिए । पानीको नमूना महामारी शुरु हुनुअघि नै लिइएको थियो ।

पछिल्लो अध्ययनबाट कोरोनाभाइरस अमेरिकाबाट फैलिएको भन्न नसकिने वैज्ञानिकहरुले बताएका छन् । योभन्दा धेरैअघिबाटै कोरोना मानिसमा फैलिएको हुनसक्ने संभावना भएको उनीहरुको भनाइ छ ।

बीबीसी हिन्दीबाट