Aafno Khabar

रुसमा पनि कोरोनाविरुद्धको खोप प्रयोगको अनुमति

  • एजेन्सी
  • December 3, 2020 प्रकाशित

रुसी राष्ट्रपति भ्लादमिर पुटिनले कोभिड-१९ विरुद्धको खोप ठूलो संख्यामा आम सर्वसाधारणलाई लगाउन शुरु गर्न निर्देशन दिएका छन् ।

रुस विश्वमै कोरोना खोप ठूलो संख्यामा वितरण गर्ने विश्वकाे पहिलो मुलुक बन्ने दौडमा छ । बेलायतले फाइजर तथा बायोएनटेकलाई बेलायतमा कोरोना विरुद्धको खोप लगाउन अनुमति दिए लगत्तै रुसी राष्ट्रपति पुटिनले भिडियो कन्फ्रेन्स मार्फत् अधिकारीहरुलाई आम रुसमा खोप कार्यक्रम संचालन गर्न निर्देशन दिएका हुन् ।

बेलायतले बुधबार कोरोना विरुद्धको खोप आकस्मिक प्रयोगका लागि आगामी हप्ताबाट फाइजर बायोएनटेकलाई अनुमति दिएको हो ।

रुसी राष्ट्रपति पुटिनले रुसले बनाएको कोरोना विरुद्धको खोप स्पुतनिक-५ ले कोभिड-१९ को संक्रमण रोक्न सहयोग गर्ने बताएका छन् ।