कोरोना भाइरसबाट सर्वाधिक प्रभावित अमेरिकामा एक साताको अवधिमा करिब १० हजार संक्रमितको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ७७ हजार नाघेको छ । पछिल्ला दिनमा अमेरिकाका विभिन्न राज्य एवं शहरमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएको छ ।
अमेरिकामा संक्रमितको संख्या १ करोड ४१ लाख पुगिसकेको छ । जसमध्ये ८३ लाख ३३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।
विश्वभर कोरोनाबाट १४ लाख ८६ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । विश्वविद्यालयका अनुसार विश्वभर ६ करोड ४१ लाख ९४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् भने ४ करोड ४४ लाख ४२ हजार संक्रमणमुक्त भएका छन् ।