Aafno Khabar

नाइजेरियामा बोको हराम समूहका लडाकूद्वारा १ सय १० मजदूरको हत्या

  • एजेन्सी
  • November 30, 2020 प्रकाशित

Photograph : Audu Marte/AFP/Getty Images

नाइजेरियामा बोको हराम समूहका लडाकूले १ सय १० मजदूरको हत्या गरेका छन् ।

नाइजेरियाको कोशोबे गाउँ तथा अन्य क्षेत्रमा खेतमा काम गरिरहेका १ सय १० जना किसानको बाँधेर घाँटी काटेर हत्या भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

आक्रमणकारीले खेतमा काम गरिरहेका किसानमाथि आक्रमण गरेका थिए । घटनापछि स्थानीयको उद्धारमा संलग्न मिलिसिया प्रमुखले १ सय १० जनाको शव घाँटी काटिएको अवस्थामा फेला परेको र ६ जना घाइते भएको बताए ।

त्यस्तै ८ जना बेपत्ता भएकाले उनीहरुलाई लडाकूले अपहरण गरेको हुनसक्ने आशंका गरिएको छ ।