अमेरिकाका सरुवा रोग विशेषज्ञ एन्थोनी फाउसीले आउने केही दिनमा कोरोना भाइरसको संक्रमण वृद्धि हुन सक्ने चेतावनी दिएका छन् ।
‘थ्यांक्सगिभिङ होलिडे’ पछि धेरै मानिस घर फर्किरहेका याे समयमा मानिसले यात्रा गरेकोले संक्रमणको जोखिमपनि उच्च रहेको उनले बताएका हुन् । संक्रमण थप फैलिनबाट रोक्न उनले मास्क लगाउन र भौतिक दूरी कायम गर्न आग्रह समेत गरेका छन् ।
फाउसीले विदा मनाएर फेर्किएकाहरुलाई क्वारान्टाइनमा बस्न समेत आग्रह गरेका छन्।
अमेरिकामा हालसम्म १ करोड ३० लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । २ लाख ६६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।