Aafno Khabar

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते

  • एजेन्सी
  • November 30, 2020 प्रकाशित

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन् । बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्र्याक्चर’ भएको छ । शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएर घाइते भएकाे सीएनएनले उल्लेख गरेको छ ।

आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी बाइडेनको स्वास्थ्यलाभको कामना गरेका छन् । गत नोभेम्बर २० मा आफ्नो ७८ औँ जन्म दिन मनाएका बाइडेन अमेरिकाको इतिहासमा सबैभन्दा बृद्ध राष्ट्रपति बन्न लागेका छन् ।