Aafno Khabar
suvakamana add

हैदराबादमाथि चेन्नईको उत्कृष्ट जित

  • आफ्नो खबर
  • २०७७ आश्विन २८ गते प्रकाशित

इन्डियन प्रिमियर लिगमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित निकालेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चेन्नेईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो ।

चेन्नेईको सुरुवात भने राम्रो हुन सकेन । टिमको स्कोर १० रन हुँदा डुप्लेसिस खाता नखोली आउट भए । त्यसपछि साम करन र सेन वाट्सनले पारि अघि बढाए । साम करण व्यक्तिगत ३१ रन बनाएर आउट भए ।

सेन वाट्सन र अम्बाती रायडूले चेन्नेईको स्कोर १०० रन पार गराएका थिए । राइडु ४१ रनमा आउट हुँदा चेन्नेईको स्कोर १ सय १६ रन थियो ।

वाट्सन पनि व्यक्तिगत ४२ रन बनाएर पभेलियन फर्किए । कप्तान महेन्द्र सिंह धोनी पनि १३ बलमा २१ रन बनाएर आउट भए । रविन्द्र जडेजाले १० बलमा २५ रन बनाए ।

जवाफमा हैदरावाद २० ओभरमा ८ विकेट गुमाउँदा एक सय ४७ रनमा रोकियो । कप्तान डेविड वार्नर मात्र नौ रनमा आउट भए भने मनिश पाण्डे चार रनमा रन आउट भए । जोनी ब्रेस्टो २३ रनमा पेभेलियन फर्किए ।

प्रियम गार्ग १६ रनमा आउट भए । त्यसपछि विजय शंकर १२ रनमा आउट भएका थिए ।

भरपर्दा खेलाडी केन विलियम्सन ५७ रनमा आउट भए । त्यसपछि रासिद खानले १४ रनको योगदान गरेपनि जित दिलाउन सकेनन् ।