Aafno Khabar
suvakamana add

बलात्कारको अभियोगमा विभिन्न स्थानबाट तीन जना पक्राउ

  • आफ्नो खबर
  • २०७७ आश्विन २२ गते प्रकाशित

काठमाडौं । १७ वर्षीया किशोरी बलात्कार अभियोगमा काठमाडौं महानगरपालिका गोंगबु बस्ने बाजुरा घर भएका २१ वर्षीय विष्णुराज पाण्डे बुधबार साँझ पक्राउ परेका छन् ।

सोही महानगरपालिका-२६ गोंगबुस्थित गेष्ट हाउसमा किशोरी बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

बर्दियामा १९ वर्षीया किशोरी बलात्कार गरेकाे अभियोगमा बाँसगढी नगरपालिका-९ दुर्गाफाटा बस्ने ३९ वर्षीय चन्द्र बहादुर खत्री पक्राउ परेका छन् । खत्रीले मंगलबार राति एक किशाेरीमाथि बलात्कार गरेकाे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

धनुषामा १५ वर्षीया किशोरी बलात्कारकाे अभियोगमा मिथिला बिहारी नगरपालिका-९ अन्धुपट्टी बस्ने २१ वर्षीय सिकिन्द्र यादव बिहीबार बिहान पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी लक्ष्मीनियाँबाट खटिएको प्रहरीले पक्राउ गरेकाे हाे । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।