Aafno Khabar

बिग बोसमा एडल्ट स्टार ‘सपना भाभी’को प्रवेश

  • एजेन्सी
  • October 8, 2020 प्रकाशित

टेलिभिजनको विवादित शो बिग बोस यो सिजनमा पनि सुरु हुनासाथ विवादमा आएको छ । शोमा केही पुराना प्रतियोगीहरु आएका छन् । अब केही अन्य प्रतियोगी वाइल्ड कार्ड इन्ट्रीमार्फत आउनेछन् ।

सपना भाभीको नामबाट चर्चित वयस्क फिल्मस्टार सपना सप्पु पनि बिगबोसमा वाइल्ड कार्डमार्फत आउने भएकी छिन् । यसअघि पनि पूर्व पोर्नस्टार सनी लियोनीलाई ल्याएपछि यो शो विवादमा परेको थियो ।

सपना सप्पुले १९९८ मा फिल्म गुण्डाबाट बलिउड डेब्यू गरेकी थिइन् । बलिउडका अलावा सपनाले भोजपुरी र गुजराती फिल्ममा पनि काम गरेकी छिन् ।

कैयौं बी ग्रेड फिल्ममा काम गरेपछि पछिल्लो पटक उनले वेब सो आपकी सपना भाभीमा काम गरेकी छिन् । सपना भाभी नामबाट चर्चा पाएकी यी अभिनेत्रीको खास नाम जरिना शेख हो ।