काठमाडाैं । बिहीबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार पनि सुनको मूल्य मंगलबारको तुलनामा ८०० रुपैयाँ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार सुनको मूल्य तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुन तोलामा ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा ११८० रुपैयाँमा कारोबार भइरहेको छ ।