विश्वमा अहिले पुष्टि भएका कोरोना संक्रमित भन्दा २५ गुणा बढी ब्यक्ति कोरोनाबाट संक्रमित भएको हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।
हाल विश्वभर ३ करोड ५४ लाखभन्दा धेरै ब्यक्ति कोरोनाबाट संक्रमित भएको पुष्टि भएको छ । तर, डब्लुएचओले विश्वभर करिब ८० करोड ब्यक्ति कोरोनाबाट संक्रमित भएको अनुमान गरेको छ ।
डब्लुएचओको विशेष बैठकमा डब्लूएचओका नेताहरुले विश्वको कूल जनसंख्या १० प्रतिशत अर्थात प्रत्येक १० जनामा एक जना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताएका हुन् ।
विश्वमा हाल ८ अर्बभन्दा बढि जनसंख्या छ । जसको १० प्रतिशत ८० करोड हुन आउँछ । डब्लुएचओका उच्च अधिकारीहरुका अनुसार विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेका छन् ।
महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा डब्लुएचओको विशेष बैठकमा बसेको हो ।
विज्ञहरुले यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा अधिक रहेको बताउँदै आएका छन् ।
महामारीको १० महिना भइसक्दा पनि अझै नियन्त्रणमा आउने वा कमजोर हुने कुनै संकेत देखिएको छैन । धेरै देशमा अहिले महामारीको दोस्रो लहर देखिएको छ ।