काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि तीन दिनअघि अस्पताल भर्ना भएका ट्रम्प डिस्चार्ज भएका छन् ।
ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर लैजानु सुरक्षित भएकाले अस्पतालबाट डिस्चार्ज गरिएको डाक्टरले बताएका छन् । राष्ट्रपति ट्रम्पले अब ह्वाइट हाउसबाट नै आफ्ना सबै काम गर्ने तय भएको बीबीसीले उल्लेख गरेकाे छ ।
अब उनको उपचार ह्वाइट हाउसमा हुनेछ । ३ नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्पले प्रतिस्पर्धा गर्ने छन् । अमेरिकी राष्ट्रपतिको चुनाव हुन लगभग महिना दिन अघि ट्रम्प कोरोना सङ्क्रमित भएका हुन् ।