Aafno Khabar

शुभेच्छुकसामु देखिए ट्रम्प, स्वास्थ्यमा सुधार भएको दाबी

  • एजेन्सी
  • October 5, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित भएर वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा उपचाररत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाडीमा अस्पताल बाहिर आएर समर्थकमाझ अभिवादन गरेका छन् । आफूले आश्चर्यजनक भ्रमण गर्ने भनि ट्वीट गरेको केही क्षणमा उनी कारभित्र मास्क लगाएर हात हल्लाइरहेको देखिएका हुन् ।

महामारी नियन्त्रण गर्ने नीति लिएर आलोचित भएका ट्रम्पले भाइरसबाट आफूले धेरै सिकेको पनि बताए । यसअघि उनका डाक्टरहरूले ट्रम्पको स्वास्थ्यमा सुधार हुने क्रम जारी रहेको र सोमवार अस्पतालबाट फर्किन सक्ने जानकारी दिएका थिए ।

ट्रम्प सङ्क्रमित भएपछि २ पटक अक्सिजनको मात्रा घटेको र डेक्सामेथासोन नामको स्टेरोइड दिइएको थियो । यो एक प्रकारको औषधि हो जसले शरीरमा दुखाइ कम गर्ने हर्मोनले जस्तै काम गर्छ ।

-बीबीसी