अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका छन् ।
ह्वाइट हाउसले उनलाई वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचारका लागि लगिएको जनाएको छ । ट्रम्पलाई बिहीबार नै ज्वरो देखिएको थियो । उनकी पत्नी मिलानिया ट्रम्प पनि कोरोना संक्रमित भएकी छिन् ।
ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमा कोरोना भाइरस संक्रमणको मध्यम स्तरको संकेतहरु देखिएको जनाएको छ । ट्रम्प कोरोनाबाट आसन्न चुनावको एक महिना अघि संक्रमित भएका छन् ।