Aafno Khabar

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण

  • आफ्नो खबर
  • October 2, 2020 प्रकाशित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएको छ । ट्रम्पले ट्विट गर्दै आफू र पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएका छन।

आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको ट्रम्पले बताएका छन्।यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्पलाई कोरोना संक्रमण भएको हो ।