काठमाडौं । कोरोनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यान दिँदै सरकारले कम्पनीहरुको लेखा परीक्षण प्रकृयालाई चुस्त राख्न नयाँ निर्देशिका जारी गरेको छ ।
लेखा परीक्षणमान बोर्डले कोरोना लगायत विषम परिस्थितिका बेला कस्ता मापदण्डका आधारमा लेखा परीक्षण गर्ने भनी हालै एक निर्देशिका जारी गरेको हो ।
कोरोना महामारीका बेला अडिटरलाई प्रमाण संकलनमा समस्या हुन सक्ने भन्दै त्यसका लागि कस्ता वैकल्पिक विधिहरु अपाउने भन्ने कुरा निर्देशिकामा उल्लेख गरिएको छ ।
अर्थ मन्त्रालयले गठन गरेको लेखा परीक्षणमान बोर्डमा अर्थ मन्त्रालय, महालेखा परीक्षक, चाटर्ड एकाउन्टेन्ट एवं रजिस्टर्ड अडिटर्सका संस्थाहरुको प्रतिनिधित्व हुने गर्दछ ।