काठमाडाैं । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । बुधबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९६ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, बुधबार ९७ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य बिहीबार घटेर प्रतितोला ९६ हजार १ सय रुपैयाँमा कायम गरिएको छ ।
बुधबार प्रतितोला १ हजार ४ सय ४० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ३ सय २० रुपैयाँ तोकिएको छ ।