Aafno Khabar

सुगा जापानका नयाँ प्रधानमन्त्रीमा निर्वाचित

  • एजेन्सी
  • २०७७ भाद्र ३१ गते प्रकाशित

योशिहिदे सुगा जापानका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । बुधबार तल्लो सदनमा भएको चुनावबाट सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडिपी) का नेता सुगा प्रधानमन्त्री चुनिएका हुन् ।

पूर्वप्रधानमन्त्री सिन्जो आबेका बफादार सहकर्मीका रूपमा काम गरेका सुगा सोमबार भएको सत्तारूढ नेतृत्वको चुनावमा भारी मतले विजयी भएका थिए।

आबेले अगस्ट अन्तिम साता स्वास्थ्यका कारण राजीनामा दिए थिए । सुगाले अब सन् २०२१ सेप्टेम्बरसम्म पार्टी प्रमुख र प्रधानमन्त्रीको पद सम्हाल्ने छन् ।