भारतमा काेराेना भाइरस संक्रमितकाे संख्या ५० लाखभन्दा बढी भएकाे छ ।
भारतकाे स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा ९० हजारभन्दा बढी काेराेना संक्रमित थपिएका छन् । पछिल्लाे २४ घण्टामा १२ सय ९० जनाकाे काेराेना संक्रमणका कारण निधन भएकाे छ ।
भारतमा पछिल्लाे ५ दिनमा लगातार दैनिक ९० हजार भन्दा बढी काेराेना संक्रमित थपिइरहेका छन् ।
भारतमा हालसम्म काेराेना संक्रमितकाे संख्या ५० लाख २० हजार ३६० पुगेकाे छ । ८२ हजार मानिसले काेराेना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।