Aafno Khabar

कंगना : बक्स अफिसकाे सफलतादेखि विवादकी ‘क्विन’सम्म

  • एजेन्सी
  • September 12, 2020 प्रकाशित

कंगना रनाैत हिन्दी फिल्म उद्योगको यस्तो नाम हो, जो सधैं तनावग्रस्त रह्यो, सधैं विवादमा रह्यो, कहिले आफ्नो अभिनयका कारण र कहिले अरुसँग लडाइँ झगडा गरेर ।

हिमाचल प्रदेशमा जन्मिएकी कंगनाले अभिनय गर्ने योजना बनाइन् र थिएटर डाइरेक्टर अरबिन्द गौडसँग दिल्लीमा अभिनय सिकिन् । अभिनय सिकेपछि मुम्बइको यात्रा तय गरिन् ।

मुम्बइमा आएपछि कंगनाको संघर्ष सुरु भयो । यही क्रममा साथ पाइन् आदित्य पञ्चोलीको । दुवैको दोस्तीको खुब चर्चा भयो। कंगनालाई आदित्यकी गर्लफ्रेन्ड भनियो ।

लक्ष्य खोज्ने क्रममा कंगनाको भेट फिल्ममेकर महेश भट्टसँग भयो । सन् २००६ मा अनुराग बसुको निर्देशनमा बनेको फिल्म ‘ग्याङस्टार’मा मुख्य भूमिका पाइन् । पहिलो भूमिकाले नै कंगना तनावग्रस्त भइन् । किनकी उक्त भूमिका प्रवीन बोबीको जीवनबाट प्रेरित बताइयो । कंगनाले पहिलो फिल्ममा यति खारिएको अभिनय गरिन् कि उनको चर्चामात्र भएन, उनलाई फिल्मफेयर डेब्यू अवार्ड समेत मिल्यो । यहाँबाट कंगनाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

याे पनि पढ्नुहाेस् । 

सुशान्त सिंह राजपुत आत्महत्यादेखि रिया चक्रवर्ती पक्राउसम्म : के-के भयाे ?

सन् २००७ मा कंगनाका ‘वो लम्हे’ र ‘लाइफ़ इन ए मेट्रो’ जस्ता फिल्म आए । तर २००८ को ‘फेसन’ले कंगनालाई अर्कै उचाइमा पुर्‍याइदियो । मधुर भण्डारकरको फिल्मले फेसन उद्योगको कथा बताएको थियो । जहाँ प्रियंका चोपडा मुख्य भूमिकामा थिइन् ।

यो फिल्ममा कंगनाको भूमिका छोटो थियो । तर त्यो छोटो भूमिका यति बलियो बन्यो कि उनलाई सहयोगी भूमिकाका लागि पनि राष्ट्रिय पुरस्‍कार प्राप्त भयो । त्यही वर्ष ‘राज ३’ रिलिज भएको थियो ।

२००८ मा कंगना फेरि तनावग्रस्त बनिन् । यसमा तनावको कारण सोही फिल्मका हिरो अध्ययन सुमनसँग उनको प्रेम सम्बन्धको खबर हेडलाइन बन्न थाल्यो । केही समयमै यी २ बीच सम्बन्ध बिग्रियो ।

यहाँसम्म कंगना बलिउडमा आफ्नो लागि राम्रो उपलब्धि हासिल गरिसकेकी थिइन् । तर उस्तै खालको सिरियस भूमिका गर्ने आरोप लाग्न थाल्यो ।

यो पनि सही हो कि फिल्म उद्योगमा जब कोही भूमिका वा फर्मुला हिट हुन्छ, त्यस्तै भूमिकाको लाइन लागिहाल्छ । कंगनासँग पनि यस्तै उस्तै भइरहेको थियो ।

कंगनाको हातमा सन् २००११ मा आयो ‘तनु विड्स मनु’। कंगनाले मौका हातबाट उम्किन दिइनन्। उनलाई करियरको नयाँ मोडमा पुर्‍याइदियो। यस फिल्मको सिक्वेलबाट उस्तै ठूलो सफलता मिल्यो । जसबाट उनले सर्वश्रेष्ठ अभिनेत्रीको राष्ट्रिय पुरस्कार जितिन् ।

यी २ फिल्मले बक्स अफिसमा सफलता हासिलमात्रै गरेनन् । समिक्षकले समेत तारिफ गरे ।

सन् २०१४ मा कंगना बक्स अफिसकी रानी बनिन् । यस वर्ष रिलिज उनको फिल्म ‘क्वीन’ले सफलताको अर्कै कथा लेखिदियो। विकास बहालद्वारा निर्देशित यस फिल्मले पनि कंगनालाई राष्ट्रिय पुरस्कार दिलायो।

यस्ता फिल्म आइरहे कि उनी कहिल्यै चर्चाभन्दा बाहिर हुनुपरेन । ‘मणिकर्णिका’मा कंगना झाँसी कि रानी बनिन्। र यस फिल्मको निर्देशन पनि कंगनाले गरेकी थिइन् ।

जसरी उनी सफलताको सिढी चढिन् । उसरी नै विवादकी रानी पनि बन्दै गइन् । कंगनाले तिनलाई पनि निशाना बनाइन्, जसले उनको करियरमा योगदान पुर्‍याए । ‘ग्याङस्टार र लाइफ इन मेट्रो’ पछि कंगनाले आदित्य पञ्चोलीविरुद्ध प्रहरीमा उजुरी गरिन् । उनमाथि मदिरा पिएर शारीरिक उत्पीडन गरेको आरोप लगाइन् । पञ्चोलीले उनको संघर्षमा साथ दिएका थिए ।

सन् २०१० मा ‘काइट्स’ जब असफल भयो । तब कंगना निर्देशक अनुराग बसुसँग भिड्न थालिन् । जसले पहिलो फिल्म ‘ग्याङस्टार’ निर्देशन गरेका थिए । कंगनाको आरोप थियो कि काइट्समा जति ठूलो भूमिका भनिएको थियो त्यति ठूलो प्राप्त भएन ।

‘राज ३’ को सफलतापछि अध्ययन सुमनसँग ब्रेकअप भयो । त्यतिबेला कंगना विवादमा रहिन् । ऋतिक रोशनसँगको झगडाको खबर त दुनियाँलाई जानकारी नै छ । कंगनाले ऋतिकसँग रिलेसनसिपका विषयमा विभिन्न आरोप लगाएकी थिइन् ।

ऋतिक रोशनमाथि कंगनाले यस्तो हमला गरिन् कि मामला पुलिससम्म पुग्यो । ऋतिकपछि कंगना करण जोहरको पछि परिन् । जसलाई उनले ‘मुभी माफिया’को दर्जा दिइन् ।

उनलाई नेपोटिज्मको आरोप लगाउँदै उनलाई विवादको केन्द्रमा ल्याइन् । तर जोहर यसबाट जोगिने प्रयासमा देखिए । करणसँग कंगनाले काम गरिसकेकी छिन् । फिल्म ‘उंगली’ सुपर फ्लप फिल्म थियो ।

‘तनु विड्स मनु’ जस्ता फिल्मका निर्देशक आनन्द एल राय, जसले कंगनाको करियर नयाँ मोडमा पुर्‍यायो । उनीसँग पनि कंगनाको खटपट परेको समाचार आयो । सन् २०१५ पछि उनीहरु एकसाथ देखिएका छैनन् ।

यसैगरी फिल्म ‘सिम्रन’क रिलिजअघि कंगना तनावग्रस्त बनिन् । फिल्मका वास्तविक लेख अपूर्व असरानी थिए । तर कंगनाले पोष्टरमा आफ्नो नाम लेखाइन् ।

सन् २०१८ मा जब मी टू अभियान सुरु भयो त्यतिबेला पनि कंगनाले बलिउडमाथि निशाना साधेकी थिइन् । आरोप फिल्म क्वीनका निर्देशक विकास बहलमाथि थियो । भनेकी थिइन्, ‘विकास अजिव तरिकाले हामीसँग अंगालो मार्दथे । भन्थे तिम्रो कपालबाट साह्रै मीठो बास्ना आउँछ ।’

फिल्म ‘मणिकर्णिका’को सुटिङमा यस्तोसम्म भयो कि फिल्ममा महत्वपूर्ण भूमिका रहेका सोनु सुदले फिल्म छाडिदिए। यसैगरी फिल्म निर्देशक कृषले पनि बीचमै फिल्म छाड्नुपर्‍यो। पछि फिल्मकी निर्देशक आफैं भइन्।

कंगना रणावत आफ्नो पहिलो फिल्मबाटै क्यामराअघि कसरी आउनुपर्छ भन्नेमा असाध्यै जानकार थिइन् । जब फिल्म गयाङस्टारको सफलतापछि पहिलो अन्तरवार्ताका लागि पत्रकार पुगे । जतिबेला उनी अर्को फिल्मको सुटिङमा थिइन् । उनले पत्रकारको क्यामेराको एंगल नै परिवर्तन गरिदिइन् । किनकी उनलाई आफ्नो अनुहारको दायाँ भाग देखाउनु थिएन ।

फिल्म मणिकर्णिकाको मुहुर्त बनारसको असीघाटमा भएको थियो । जहाँ मणिकर्णिकाको बाल्यकाल बितेको थियो ।

उक्त घाटमा गंगा आरतीमात्रै हेर्नु थियो । तर बिना कुनै कार्ययोजना उनले पानीमा डुबुल्की मारिदिइन् । उनलाई थाहा थियो कि गंगामा डुबुल्की मारेको भिजुअल मिडियामा खुब छाउँछ । यस्तै भयो। खुब चर्चा भयो त्यो दृष्यको।

यो लेखका लेखक पत्रकार इकबाल परवेज भन्छन्‚ ‘मैले कतिपटक उनलाई विवादमा किन आउन चाहनुहुन्छ ? भनेर सवाल गरेको छु । तर उनी बिनासंकोच र बिन्दास पाराले भन्छिन्- म जे छु । त्यो मेरै दमका कारण छु । त्यसैले कसैको परवाह गर्दिनँ ।’

सुशान्त सिंह राजपुतको मृत्युपछि कंगनाको तेवर अझ बढ्यो । उनी पूरा फिल्म उद्योगमाथि खनिइन् । उनले नेपोटिज्म र मुभी माफियाको विषय उछालिन् । करण जोहर, सलमान खान, शाहरुख खान र अमिर खानमाथि समेत निशाना साँधिन् ।

उनले महेश भट्टसँग पनि झगडा गरिन्, जब ड्रग्सको कुरा आयो । कंगनाले भनिदिइन्‚ ‘बलिउडमा ९९ प्रतिशतले लागुऔषध प्रयोग गर्छन् ।’ जबकी उनी आफैं पनि ड्रग्सबाट टाढा रहन सकिनन् ।

पछिल्लो केही समयदेखि कंगना फिल्म उद्योगका हरमुद्दामा अघि सर्छिन् । साथै देशका मुद्दामा पनि उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिइरहेको पाइन्छ ।

-बीबीसी हिन्दीबाट ।