धनुषा । मोहर्रम पर्व मनाउन बनाइएको फोटो फेसबुकमा राखिएको बिषयमा विवाद हुँदा धनुषामा दुई पक्षबीच झडप भएको छ ।
धनुषाको जनकपुरधाम वडा नम्बर २० रुपैठामा शनिबार भएको झडपमा झण्डै एक दर्जन व्यक्तिलाई चोट लागेको छ । झडप रोक्न प्रहरीले ७ राउण्ड अश्रु ग्यास प्रहार गरेको छ ।
दुबै पक्ष एकअर्कासँग लड्न थालेपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ।