काठमाडौं । भक्तपुरमा एक घरभित्र तीन जनाको शव फेला परेको छ । मध्यपुर थिमि नगरपालिका ९ स्थित निकोसेरा भन्ने ठाउँमा घरभित्र एकै परिवारका तीन जनाको शव फेला परेको हो ।
शुक्रबार साँझ निकोसेराका सुदीप अधिकारी उहाँकी श्रीमती सम्झना अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो । एउटा कुकुर पनि मरेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएका छ ।
प्रहरीका अनुसार केही दिन पहिले नै घटना भएको देखिन्छ । मृतकका शव गन्हाएको अवस्थामा फेला परेको छ । उनीहरुको हत्या भएको हुनसक्ने आशंका गरिएकाे छ । घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।