काबुल । अफगानिस्तानमा उपराष्ट्रपति लक्षित गरि बुधबार राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेह लक्षित गरी आत्मघाती बम विस्फोट गराइएको प्रहरीले जनाएको हाे ।
विस्फोटनपछि कम्तीमा २ जनाको मृत्यु भएकाे र १२ जना घाइते भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । पझोक सामाचार संस्थाका अनुसार उपराष्ट्रपति सालेह भने सुरक्षित रहेका छन् ।
घटनाकाे अहिलेसम्म कसैले पनि जिम्मा नलिएको र घटनाका बारेमा अनुसन्धान भइसकेको प्रहरीले जनाएको छ ।