Aafno Khabar

राेकियाे अक्सफाेर्ड विश्वविद्यालयले बनाएकाे काेराेना खाेपकाे परीक्षण

  • एजेन्सी
  • September 9, 2020 प्रकाशित

तस्बिर : राेयटर्स ।

काठमाडाैं । अक्सफाेर्ड विश्वविद्यालयले एस्ट्राजेनेका सँगकाे सहकार्यमा बनाएकाे काेराेना खाेपकाे मानवीय परिक्षण राेकिएकाे छ । मानव परीक्षणमा एक व्यक्ति बिरामी भएपछि परीक्षण राेक्नुपरेकाे बीबीसीले उल्लेख गरेकाे छ ।

एस्ट्राजेनेकाले खाेप लिएका व्यक्तिमा असामान्य बिरामी देखिएकाले याे परीक्षण राेक्नुपरेकाे बताएकाे छ ।

अक्सफोर्ड युनिभर्सिटीमा खाेपकाे ट्रायलमाथि विश्वकाे निगरानी छ । विश्वभर करिब एब दर्जन स्थानमा कोरोना भ्याक्सिनको ट्रायल चलिरहे पनि जानकारले अक्सफोर्ड युनिभर्सिटीको खाेप चाँडाे बन्ने र प्रभावकारी हुने अपेक्षा गरिरहेका छन् ।

भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा करिब ३० हाजार मानिस समावेश छन् । केही दिनमा पुन: परीक्षण सुचारु हुने बताइएकाे छ ।