Aafno Khabar

थानकाेटमा डिजेल बाेकेकाे ट्यांकर दुर्घटना

  • आफ्नो खबर
  • September 6, 2020 प्रकाशित

काठमाडौं । चन्द्रगिरि नगरपालिका-३ थानकोटमा डिजेल बोकेको ट्याङ्कर दुर्घटनामा परेको छ ।

आइतबार बिहान करिब ९ बजे ना ७ ख ७३९ नम्बरको ट्याङ्कर पल्टिएको हो । ट्याङ्करले बाटो काट्न लागेको व्यक्ति बचाउन खोज्दा अनियन्त्रित भएर पल्टिएको नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका सचिव वादल लामाले जानकारी दिनुभयाे ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । चालक पनि सकुसल रहेकाे बताइएकाे छ । दुर्घटनाका कारण चार हजार लिटर डिजेल पोखिएको छ । रक्सोल डिपोबाट थानकोट डिपोमा अनलोडका लागि ल्याइएकाे ट्याङ्कर दुर्घटनामा परेकाे हाे ।