नयाँ दिल्ली । भारतमा लगातार दोस्रो दिन पनि ८३ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । भारत सरकारको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८३ हजार ३ सय ४१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् ।
यही अवधिमा १ हजार ९६ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३९ लाख ३६ हजारभन्दा बढी भइसकेको छ भने ६८ हजार ४७२ जनाको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ८ लाख ३१ हजारभन्दा बढी छ भने ३० लाख ३७ हजार कोरोना संक्रमित निको भएका छन् ।