एजेन्सी । भारतको गुजरातमा बाबुले पबजी खेल्न रोक लगाएपछि १७ वर्षका छोराले अआत्महत्या गरेका छन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार आणंद जिल्लाको सुरेली गाउँमा बस्ने यी किशोर ११ कक्षामा पढ्थे ।
उमरेठी पुलिस स्टेशनका एसआई पिके सोढाले समाचार एजेन्सी पिटिआईसँगको कुराकानीमा मंगलबार दिउँसो किशोरले आफ्नो खेतमा गएर किटनाशक औषधी पिएका हुन ।
किरोशका बाबु शिक्षक भएको समाचारमा उल्लेख गरिएको छ । छोरो घण्टौं पबजी खेलेको भन्दै बाबुले गाली गरेर मोबाइल खोसेका थिए ।
मोबाइल खोसेपछि आवेशमा आएका छोराले खेतमा गएर किटनाशक औषधी खाएको बताइएको छ । प्रहरीका अनुसार किशोरका परिवारलाई उनले किटनाशक पिएको त्यतिबेला थाहा भयो जब उनले घर आएर बान्ता गर्न थाले ।
उनलाई तुरुन्त अस्पताल लगियो तर उनको ज्यान जोगाउन सकिएन । प्रहरीले आकस्मिक मृत्युको घटना दर्ता गरेको छ ।