Aafno Khabar

अस्पतालमा प्रेम, ७० वर्षका वृद्धले गरे ५५ वर्षीया महिलासँग विवाह

  • आफ्नो खबर
  • September 3, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

भारत मध्यप्रदेशकाे भुराखेडी गाउँमा एउटा रमाइलाे विवाह सम्पन्न भएकाे छ । यहाँका एक ७० वर्षका वृद्धले ५५ वर्षीया महिलासँग विवाह गरेका छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार त्यस गाउँका एक वृद्ध अस्पतालमा उपचार गर्न गएका थिए । उपचार गर्न गएका ती वृद्धलाई त्यहाँ एक वृद्धासँग माया बस्यो ।

७० वर्षकी ओमबार सिंह जिल्ला अस्पतालमा भर्ना भएका थिए । त्यति नै बेला उनको भेट ५५ वर्षकी गुड्डीबाईसँग भयो । दुवैबीच प्रेम बस्याे । तीन दिनपछि दुबैजना एक महत्वपूर्ण निर्णयमा पुगे ।

ओमकारले गड्डुबाईलाई टेम्पो चढाएर घर लगे । उनले आफ्ना सन्तानलाई गड्डुबाईसँग बस्ने इच्छा रहेकाे बताए । त्यसपछि स्थानीय र ओमकार सिंहका छोरा, बुहारीले उनीहरुको विवाह गराइदिए ।