नयाँ दिल्ली । भारतमा एकै दिन ८० हजार भन्दा धेरै काेराेना संक्रमित भेटिएका छन् । मंगलबार एकै दिन संक्रमितको संख्या ८० हजारभन्दा बढी भएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ । याे संख्या विश्वमा नै अहिलेसम्म एकैदिन संक्रमित हुने सबैभन्दा बढी हाे । भारतमा मंगलबार हजारभन्दा बढी संक्रमितकाे मृत्यु भएकाे छ ।
मंगलबार भारतमा ८० हजार २४ नयाँ कोभिड १९ संक्रमित पहिचान भएकाे छ । एक हजार २१ जनाको मृत्यु भएकाे छ । भारतमा संक्रमितको संख्या ३७ लाख ६२ हजार ६३ पुगेको छ ।
काेराेना संक्रमितकाे आधारमा अमेरिकापछि भारतमा सबैभन्दा धेरै संक्रमित छन् । संक्रमितको संख्यामा भने पहिलो अमेरिका, दोस्रोमा ब्राजिल र तेस्रोमा भारत रहेको छ । तर पछिल्लाे समय भारतमा काेराेना संक्रमितकाे संख्या तीव्र रुपमा बढीरहेकाे छ ।