Aafno Khabar

युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्छ : डब्लूएचओ

  • आफ्नो खबर
  • September 2, 2020 प्रकाशित

विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले युरोप खोपबिना पनि कोरोनासँग लड्न सक्ने बताएको छ । यसका लागि उसले स्थानीय स्तरमा लकडाउन गर्नुपर्ने डब्लुएचओको बताएकाे बीबीसीले जनाएकाे छ ।

संगठनका युरोप निर्देशक हैन्स क्लूगले स्काइ न्यूजसँग भनेका छन् ‘हामीले महामारी राेक्न खोप नै निर्माण गर्नुपर्छ भन्ने छैन । जब हामी महामारीसँग रहन सिक्छौँ, हामीले विजय हासिल गर्न सक्छाैँ ।

उनले आगामी दिनमा आउनसक्ने संक्रमणको दोश्रो लहरबाट बच्न ठूलो स्तरमा लकडाउन आवश्यक पर्छ भन्ने प्रश्नको उत्तरमा पनि त्यसकाे आवश्यकता नपर्ने बताए । उनले स्थानीय स्तरमा लगाएकाे लकडाउन भने खाेल्न नहुने जवाफ दिए ।