Aafno Khabar

नेपालमा करिब साढे पाँच महिनापछि अन्तर्राष्ट्रिय उडान सुरु

  • आफ्नो खबर
  • September 1, 2020 प्रकाशित

काठमाडौं । नेपालमा करिव साढे पाँच महिनापछि मंगलबारदेखि सीमित संख्यामा अन्तर्राष्ट्रिय हवाइ उडान सुरु भएकाे छ । काेराेना भाइरस संक्रमणकाे रोकथाम र नियन्त्रणका लागि सरकारले गत चैत ११ गते लकडाउन गरेपछि नियमित अन्ताराष्ट्रिय उडान बन्द थियो ।

तर कोरोना नियन्त्रण तथा उपचारका लागि आवश्यक सामाग्री र उद्धार उडानहरु भने भएका थिए । मंगलबारदेखि स्वास्थ्य मापदण्डको पालना गरी पीसीआर परिक्षण हुने मुलुकहरुबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने भएको हो ।

स्वास्थ्य सुरक्षा ध्यानमा राखेर उडानबीचको समय, यात्रु आवागमन लगायत विषयमा विभिन्न प्रोटोकल बनाएर उडान गरिने छ ।

याे पनि पढ्नुहाेस् ।

नियमित अन्तर्राष्ट्रिय उडान : कुन देशमा उडान कहिले ? के के छन् शर्त ?