एजेन्सी । अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले सङ्कलन गरेको तथ्याङ्कका आधारमा त्यो विश्वभर पुष्टि भएका कुल सङ्क्रमितको सङ्ख्यामा झण्डै एक चौथाइ हो।
अमेरिकामा दश लाख सङ्क्रमित एक महिनाभन्दा कम समयमा थपिएको तथ्याङकले देखाउँछ । पछिल्ला दिनमा दैनिक वृद्धिका घटना घट्दोक्रममा देखिए पनि अमेरिका सङ्क्रमित र मृत्यु दुवैतर्फ विश्वको सबैभन्दा धेरै प्रभावित देशको रूपमा छ।
२१ जनवरीमा पहिलो सङ्क्रमण पुष्टि भएको अमेरिकामा अहिलेसम्म एक लाख ८३ हजारभन्दा बढीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।