भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ ।
८४ वर्षका मुखर्जी कोरोना संक्रमणपछि केही दिनदेखि कोमामा थिए । सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन् ।
उनले ट्वीटरमार्फत बुवाकाे मृत्यु भएकाे जानकारी गराएका छन् ।
भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए । गत अगस्ट १० मा मुखर्जी काेराेना संक्रमित भएकाे पुष्टि गरिएकाे थियो ।