काठमाडाैं । भारतमा आइतबार अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार भारतमा ७८ हजार ७ सय ६१ जनामा संक्रमण पुष्टि भएकाे भारतीय सञ्चारमाध्यमले जनाएकाे छ ।
यो संख्या भारतमा मात्रै नभएर विश्वमा एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।
भारत सरकारले संक्रमण नियन्त्रणका लागि लागु गरेको प्रतिबन्धहरु हटाउने क्रम जारी राखेकाे छ । तर भारतमा दिनप्रतिदिन संक्रमितको संख्याले नयाँ कीर्तिमान बनाइरहेकाे छ ।
भारतमा काेराेना संक्रमितको संख्या ३५ लाख ४२ हजार भन्दा बढी छ । अहिलेसम्म भारतमा ६३ हजार ५ सय भन्दा बढीको काेराेना संक्रमणबाट बाट ज्यान गएको छ ।