फाइल तस्बिर ।
काठमाडौं । विदेशका विभिन्न ३८ देशमा रहेका ७ सय १ जना नेपालीमा अहिलेसम्म कोरोना सङ्क्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना सङ्क्रमणबाट निको भएको एनआरएनएको स्वास्थ्य समितिले जनाएको छ ।
त्यस्तै गएको साता विदेशमा कार्यरत थप तीन नेपालीको कोरोनाबाट मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएको स्वास्थ्य समितिका अनुसार गएको साता बेलायतमा १ र यूएईमा २ जना नेपालीको मृत्यु भएको हो । यो सँँगै अहिलेसम्म विश्वका १६ देशमा १९५ जना नेपालीको कोरोनाबाट मृत्यु भएको छ ।
कोरोना भाइरसका कारण बेलायत, यूएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको मृत्यु भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार दक्षिण अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना सङ्क्रमण सामान्य बढेको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा सङ्क्रमण सामान्य रुपमा बढेको छ ।