काठमाडाैं । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या साढे २ करोड नाघेको छ । विश्वभर फैलिएकाे काेराेना भाइरस महामारीका कारण आइतबार बिहानसम्ममा २ कराेड ५० लाख बढी संक्रमित भइसकेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
संक्रमितमध्ये ८ लाख ४५ हजारभन्दा बढीकाे मृत्यु भइसकेकाे तथ्यांक छ ।
विश्वभर काेराेना संक्रमित एक करोड ७५ लाख बढी मानिस उपचारपछि निको भइसकेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कोरोना सङ्क्रमितमध्ये झण्डै ७० प्रतिशत निको भएका छन् ।