Aafno Khabar

जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

  • एजेन्सी
  • August 28, 2020 प्रकाशित

जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएकाे समाचार संस्था राेयटर्सले जनाएकाे छ ।

स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री आबेले राजीनामा दिएका हुन् । ६५ वर्षीय आबे पछिल्लो समय उनी लगातार २ पटक अस्पताल गएपछि उनको स्वास्थ्यका विषयमा विभिन्न अड्कलबाजी भइरहेका थिए ।

आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन् । आबे जापानमा सबभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन् ।