बिरामी भएपछि जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्ष अगाडि राजीनामा दिने भएका छन् ।
जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने जनाएकाे छ । उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
पछिल्लो समय उनी लगातार २ पटक अस्पताल गएपछि उनको स्वास्थ्यका विषाय लिएर विभिन्न अड्कलबाजी भइरहेकाे छ । आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन् ।
आबे जापानमा सबभन्दा बढी समय लगातार प्रधानमन्त्री हुने पहिलो व्यक्ति हुन् ।