Aafno Khabar

काेराेना भ्याक्सिनका लागि दक्षिण अमेरिकी आठ देशले मिलाए हात

  • एजेन्सी
  • August 28, 2020 प्रकाशित

तस्बिर : गेट्टी इमेजेज ।

काठमाडाैं । काेराेना भ्याक्सिनका लागि दक्षिण अमेरिकी आठ देशले हात मिलाएका छन् । चिलीका विदेशमन्त्री आन्द्रे एलामन्डले कोरोनाभाइरसको भ्याक्सिनमाथि जानकारी साझा गर्न र भ्याक्सिन पाउनका लागि दक्षिण अमेरिकी देशमा आपसी सहमति बनाएका हुन् ।

उनले भ्याक्सिनका लागि समन्वयसहित काम गर्नु फाइदा भएको पनि बताएकाे बीबीसीले उल्लेख गरेकाे छ । आठ देशहरुका चिली, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, पराग्वे, पेरु, इक्वाडोर र गुयाना समावेश छन् ।

यी आठ देशका राष्ट्राध्यक्ष र विदेश मन्त्रीको भर्चुअल बैठकमा आन्द्रे एलामन्डले भने, ‘आवश्यक संख्यामा र कम मूल्यमा भ्याक्सिन पाउनका लागि हामी एक साथ हुनु आवश्यक छ।’

विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर कोरोनाका एक सय ५० भ्याक्सिन निर्माण भइरहेकाे छ । जसमा २५ वटाको ह्यूमन ट्रायलसमेत सुरु भइसकेको छ ।