काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजारभन्दा बढी भएकाे छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६० हजार ४ सय ७२ पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
समाचारमा उल्लेख भए अनुसार पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरस संक्रमणका कारण १ हजार २३ जनाको मृत्यु भएकाे छ ।
भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ लाख १० हजार २ सय ३५ पुगेको छ । भारतमा अहिलेसम्म कोरोना भाइरसका २५ लाख २३ हजार ७७२ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् भने सात लाख २५ हजार ९ सय ९१ संक्रमित निको हुन बाँकी छन् ।
भारत संक्रमित संख्याको आधारमा प्रभावित हुने तेस्रो मुलुक हो । प्रभावित हुने मुलुकको शीर्ष स्थानमा अमेरिका छ भने दोस्रोमा ब्राजिल छ । मृत्यु हुनेको संख्याको आधारमा भने भारत चौथो स्थानमा छ । मृत्यु हुनेमा पहिलाे अमेरिका दोस्रो ब्राजिल र तेस्रोमा मेक्सिको रहेकाे छ ।