Aafno Khabar
Creative Ideas

टिकटकका प्रमख कार्यकारी अधिकृतले दिए राजीनामा

  • एजेन्सी
  • २०७७ भाद्र ११ गते प्रकाशित

Image Credits: Photo by Jesse Grant/Getty Images for Disney

काठमाडाैं । भिडियाे एप टिकटकका प्रमख कार्यकारी अधिकृत (सीईओ) केभिन मयेरले राजीनामा दिएका छन् । पछिल्ला साताहरूमा देखिएको तीव्र राजनीतिक परिवर्तनका कारण आफूले राजीनामा दिएको मयेरले बताएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक पछिल्लो समय संसारभर युवा पुस्तामा लोकप्रिय भएको छ । पछिल्लाे साता टिकटक अमेरिका र चीनबीचको राजनीतिक मुद्दा बनेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसँग कारोबार नगर्न ४५ दिने अल्टिमेटम दिएर कार्यकारी आदेशमा हस्ताक्षर समेत गरिसकेका छन् । टिकटकले ९० दिनभित्र अमेरिकी कम्पनीमा स्वामित्व हस्तान्तरण नगरे प्रतिबन्ध लगाउने ट्रम्पको घोषणा छ ।