Aafno Khabar

भारतकाे पञ्जाबमा मन्त्री र विधायक गरी २४ जनामा काेराेना संक्रमण

  • एजेन्सी
  • August 27, 2020 प्रकाशित

पञ्जाब । भारतको पञ्जाबमा ठूलाे संख्यामा मन्त्री र विधायकमा काेराेना संक्रमण भेटिएकाे छ । अगस्ट २८ मा विधानसभा सत्र बोलाइएको थियो । विधानसभा सुरु हुन २ दिन अघि २४ जना मन्त्री र विधायकहरुमा संक्रमण पुष्टि भएको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार ४ जना मन्त्री र २० जना विधायकमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

विधान सभामा सत्र सुरु हुनुअघि सबै विधायक, प्रहरी, कर्मचारीलाई अनिवार्य कोरोना परीक्षण गराउन विधानसभा अध्यक्ष राणा केपी सिंहले निर्देशन दिएका थिए ।

त्यसपछि विधानसभामा सहभागि हुने सबैको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । त्यही क्रममा मन्त्री र विधायकहरुमा संक्रमण देखिएको हो ।